१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा भोकमरी बढ्दै

अ+ अ-

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले युद्धग्रस्त गाजाका ३६ प्रतिशत परिवार अहिले गम्भीर भोकमरीको सामना गरिरहेको बताएको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन । संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसङ्ख्या त्यहाँ लडाइँ जारी रहेकाले भोकले मरिरहेको चेतावनी दिएका छन् ।

स्काउले अत्यावश्यक आपूर्तिको एक अंश मात्र गाजा पट्टीमा प्रवेश गर्न सक्छ । १० मध्ये नौ जनाले दैनिक खाना पाउन नसकेको बताए । अक्टोबर ७ देखि गाजा भित्र र बाहिर आवतजावतमा प्रतिबन्ध लगाइएको छ । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी कारबाहीका कारण गाजामा करिब १८ हजार मानिसको मृत्यु भएको जनाएको छ ।

जसमध्ये सात हजारभन्दा बढी बालबालिका छन् । गाजाको अल-नासर अस्पतालको आईसीयू वार्डमा अस्पतालको ओछ्यानमा शिशुहरूको विकृत शव भेटिएको दाबी पनि गरिएको छ । तीन शिशुहरूलाई अस्पतालको मेसिनमा जोडिएको थियो र शवको छेउमा डायपर र दूधका बोतलहरू भेटिएका थिए ।

गाजामा तत्काल मानवीय युद्ध विरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएको एक दिनपछि यो अवस्था सार्वजनिक भएको हो । उता, इजरायलले हमासलाई हटाउन र इजरायली बन्धकहरूलाई घर फर्काउन गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस