काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।