१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ सरकार कुहिएको फलजस्तो, नझारे पनि आफैँ झर्छ : ओ‌ली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको टिप्पणी गरेका छन् ।

मध्यपहाडी यात्राअन्तर्गत भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए ।

ओलीले भने, ‘यो कुहिएको फलजस्तो भएको छ, यसलाई झारेन भने पनि आफैँ झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन ।’

उनले एमालेलाई सिध्याउँछु, मार्छु भन्ने नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको ओलीको जिकिर छ ।

‘एमालेसँग एक्लै कोही लड्न सक्दैनन् । कसैले दाहिने हात, कसैले देब्रे हात कसैले जीउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोज्दैछन् । तर, हामीलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’

मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने उनको दाबी छ । देशको बर्बादी एमालेले हेरिरहन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस