६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याऔँ, राजसंस्थाको पुनर्स्थापना र प्रदेश खारेज गरौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाबाट जनताको अवस्था सुधार आउन नसक्ने बताएका छन् ।

कैलालीको पहलमानपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले जनताको अवस्था सुधार गर्न वर्तमान व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘सबै गणतन्त्र धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा छन् । अहिलेको व्यवस्थाको पक्षमा छन् । नेपालमा एउटा मात्रै पार्टी छ जसले राजासहितको प्रजातन्त्रको कुरा गरेको छ । जसले सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको कुरा गरेको छ’ उनले भने, ‘१५ वर्षको अभ्यासले धर्मनिरपेक्षता गणतन्त्र र सङ्घीयता गलत भएको पुष्टि भएको छ । अब यो परिवर्तन गर्नु पर्छ ।’

अहिले प्रदेश तहको खारेजी आवश्यक रहेको उनले बताए । लिङदेनले अदालत र संवैधानिक अङ्गमा पनि प्रश्न उठाए । दलीय आधारमा संवैधानिक अङ्कको निर्माण भएको भन्दै उनले स्थिरता कायम गरेको यो समग्र प्रणाली सुधार गर्न आवश्यक रहेको बताए ।

राजाको उत्तराधिकारीका विषयमा सांसदले व्यवस्था मिलाउनु पर्ने बताए । राजसंस्था अभिभावको लागि आवश्यक रहेको जिकिर गरे । उनले अहिलेको राष्ट्रपतिमाथि पनि प्रश्न उठाए ।

अब संवैधानिक अङ्क र न्यायालयमा नियुक्ति भागबन्डाको आधारमा नभई योग्यता र क्षमताको आधारमा हुनुपर्नेमा जोड दिए । उनले नयाँ सम्झौता गरेर नयाँ व्यवस्थामा जानु पर्ने बताए ।

बलियो स्थानीय तह बनाउने सङ्ख्या घटाउने जनप्रतिनिधि घटाउने र प्रदेश खारेज गर्ने माग गरेको बताए । उनले राज्यले दिने सेवा सुविधा जनाएको आधारमा नभई गरिबिको आधारमा हुनुपर्ने बताए । सरकारले एनसेल प्रकरणमा बनाएको छानबिन समिति माथि पनि उनले प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस