७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किटको अभावमा वीरका बिरामी ट्रमामा

अ+ अ-

काठमाडौँ । ल्याब जाँचको लागि रिएजेन्ट तथा किट अभाव हुँदा वीर अस्पतालको सेवा प्रभावित भएको छ । 

किट अभाव भएपछि वीर अस्पतालमा आएका बिरामीलाई ल्याब जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । जसका कारण ट्रमा सेन्टरमा दिनभर ल्याब जाँच गर्नेको भिड देखिन्थ्यो । वीरबाट बिरामीहरू ल्याब जाँचका लागि आएकाले दिनभर प्रेसरमा काम गर्नु परेको एक कर्मचारीले बताए ।

स्रोतका अनुसार वीर अस्पतालमा किटको अभाव भएपछि बिरामीहरूलाई ट्रमामा पठाइएको हो । प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।

यसैगरी, वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको पनि अभाव भएको चर्चा चलेको छ । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले टिकट र भर्ना कागज अभाव नभएको दाबी गरे । उनले भने, ‘अस्पतालमा सामान सकिएको मलाई थाहा छैन, तपाईँलाई कसरी थाहा हुन्छ रु बिचौलियाको हल्लाको पछि नलाग्नुस्, वीरमा सेवा बन्द हुँदैन ।’ बिचौलियाले चलखेल गर्न अफवाह फैलाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस