५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा लम्साल सचिवमा बढुवा, बनिन् परराष्ट्र पहिलो महिला सचिव 

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयकी सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम एकल सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : सेवा लम्साल सचिव बढुवा सिफारिस

बढुवासँगै लम्साललाई परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ । मन्त्रालयका सचिव भरतराज पौड्याल गत साता अनिवार्य अवकाश भएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव लम्सालको एकल(२० प्रतिशत) सिफारिस भएको थियो । 

यससँगै सचिव लम्सालले परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको इतिहाससमेत बनाउँदै छिन् । सन् १९४८ मा पहिलो परराष्ट्र सचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि भरतराज पौड्यालसम्म ७२ वर्षमा २४ जना सचिवले परराष्ट्रको प्रशासनिक कमाण्ड सम्हाल्दै गर्दा २५औँ सचिवका रूपमा लम्सालले पहिलो महिला सचिवका रूपमा मन्त्रालय हाँक्दैछिन् । २०५५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी लम्साल परराष्ट्रको उपसचिव हुँदै २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिव बनेकी हुन् । 

परराष्ट्रको पहिलो महिला मन्त्रीका रूपमा २००७ सालमा सहाना प्रधानले नेतृत्व लिइसकेकी थिइन् भने २००९ मा सुजाता कोइराला र गत वर्ष मात्रै विमला राई पौड्यालले तेस्रो महिला मन्त्रीका रूपमा जिम्मेवारी सम्हाली सकेका छन् । नारायणप्रकाश  साउद(एनपी साउँद)ले २९औँ मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिरहँदा लम्साल २५ औँ महिला सचिवका रूपमा प्रशासनिक नेतृत्व लिँदैछिन् । 

लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव नियुक्त भएसँगै निजामती इतिहासमा पनि पहिलो पटक ९ जना महिला विशिष्ट श्रेणी(सचिव) भएका छन् । हाल ७४ जना सचिव कार्यरत छन् । मुख्यसचिवपछि तेस्रो वरियतामा रहेकी प्रशासन सेवातर्फ देवकुमारी गुरागाईँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा(जनसङ्ख्या) सचिवमा कार्यरत छिन् भने पहिलो कानुन सचिवको सम्भावना यथावत नै रहेकी लीलादेवी गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवका रूपमा कार्यरत छिन् । 

सम्बन्धित समाचार : कानुन सचिव ज्ञवालीले लिए अवकाश, पहिलो महिला कानुन सचिव बन्ने अवसर गडतौलालाई

प्रशासन सेवातर्फकी  लक्ष्मीकुमारी बस्नेत गण्डकी प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा छिन् भने सोही सेवातर्फकी राधिका अर्याल लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेकी छिन् । यसैगरी प्राविधिक सेवातर्फ प्रमीलादेवी बज्राचार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा (विज्ञान तथा प्रविधि) सचिवका रूपमा कार्यरत छिन् । केही दिन अघि मात्रै बढुवा भइ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा पदस्थापन गरिएकी नेपाल इन्जिनियरिङ सेवाकी सरिता दवाडीलाई आजै सरकारले नयाँ पोष्टिङ गर्दैछ । 

त्यसैगरी सर्वोच्च अदालतमा रजिष्ट्रार (विशिष्ट श्रेणी) हुने पहिलो महिला हुन् निर्मला अर्याल । सहसचिव हुँदा विशेष अदालत र प्रशासकीय अदालतमा पहिलो महिला रजिस्ट्रार बनेकी अर्याल सचिव बढुवासँगै सर्वोच्चको पहिलो महिला रजिस्ट्रार बन्न सफल भएकी छिन् । महालेखापरीक्षकको कार्यालयमा उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) छिन् बिन्दु विष्ट । 

चुलो चौकोमा सीमित महिलाहरू स्थायी सरकारसमेत भनिने निजामतीतन्त्रको विशिष्ट श्रेणीमा पुग्नु आफैमा गौरवको कुरा हो । घरधन्दा धान्नेदेखि मन्त्रालय हाँक्दै गर्दा महिलाहरूलाई दिइने जिम्मेवारीमा अझै कन्जुसाई नै गरेको देखिन्छ । ६ दर्जन बढी सचिवहरूमध्ये कतिपय पुरुष सचिवहरू भन्दा अब्बल छन् महिला सचिवहरू । तर, खटनपटन हेर्दा भने विभेदको केही अंश अझै कायमै छ कि भन्ने आभाष गराउने गरेको छ सरकारले । 

प्रतिक्रिया दिनुहोस