१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिले गर्‍यो यस्तो दाबी

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ ।

नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्था मन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे छलफल गरेका हुन् ।

माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली काँग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी भइरहेका बेला नागरिक उन्मुक्तिले कम्तीमा एक सीट दाबी गरेको हो ।

नाउपा संरक्षक चौधरीले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचन र लुम्बिनी प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताए ।उनले आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने बताए ।

नाउपाको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

भेटमा लुम्बिनी सरकार विस्तारको अलमल र त्यहाँ उत्पन्न गठबन्धनभित्रकै समस्याबारे समेत छलफल भएको चौधरीले नेपाल प्रेसलाई बताए । नाउपाले सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्तिहरूमा समेत गठबन्धनको आकारअनुसार आफूले पनि प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ ।

गठबन्धनमा आबद्ध दलमध्ये नाउपासँग संघीय संसदमा ४ सीट रहेको छ ।

प्रतिक्रिया दिनुहोस