८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पद रिक्त भए पाँच दिनभित्र जानकारी गराउन काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश, जिल्लालगायत कार्यसमितिलाई कुनै पद रिक्त भएमा कारण खुलाई पाँच दिनभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिएको छ।

महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै रिक्त स्थानको जानकारी गराउन भनेका हुन्।

पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँ–नगरपालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानतः विविध कारणले रिक्त रहेका पद भए जानकारी गराउन काँग्रेसले निर्देशन दिएको हो।

प्रदेश कार्यसमितिले प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे जानकारी गराउनुपर्नेछ। साथै जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।

काँग्रेसले २०७८ मंसिर २४ गतेदेखि २८ गतेसम्म १४ औँ महाधिवेशन गरेको थियो। महाधिवेशन भएको छ महिनाभित्र मनोनीत गरिनुपर्ने कतिपय पदहरू अहिलेसम्म पनि मनोनीत भएका छैनन्। 

काँग्रेसले रिक्त पदमा पुनस् निर्वाचन गर्ने कि के गर्ने भन्ने छलफलका लागि विवरण माग गरेको हो। यो विवरण आएपछि केन्द्रीय निर्वाचन समितिसँग केन्द्रीय कार्यालयले छलफल गरी आवश्यक निर्णय लिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस