काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।
त्यसका लागि काँग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकाङ्क्षीहरू सिफारिस गर्न आग्रह गरेको छ। एक प्रदेशले तीन जना आकाङ्क्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।
प्रचार विभागका अनुसार प्रदेशले ७ दिनभित्र उम्मेदवार सिफारिस गर्नुपर्छ। उम्मेदवार कस्तालाई सिफारिस गर्ने मापदण्डसहित केन्द्रीय कार्यालयले पत्राचार गर्ने बताइको छ ।