७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारविरुद्धको लडाइँमा नेपालले संरचनात्मक चुनौतीको सामना गरिरहेको छ’

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको बताएका छन्।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै राईले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भएता पनि नेपालले चुनौतीहरूको सामना गरिरहेको बताएका हुन् ।

भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको उनले बताए ।  प्रमुख आयुक्त राईले  चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा राईले भ्रष्टाचार गम्भीर अपराध भएको उल्लेख गर्दै यसले विकासलाई कमजोर बनाउने र सरकार प्रतिको विश्वसनीयता पनि घटाउने बताए । नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यस विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले बताए । भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरिएको उनको भनाई छ ।

राईले भने, ‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमा समेत पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौँ सम्मेलन संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा मङ्सिर २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस