काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताए।
उनले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताए। उनले भ्रष्टाचारविरोधी अभियान सशक्त रूपले अघि बढाउने र विधि विहीनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्नेमा जोड दिए।