१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस मजबुद छ, कसैले हराउन सक्दैन : देउवा

अ+ अ-

त्रिशूली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन्।

नेपाली काँग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए।

‘अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछि परेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ। तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,’ उनले भने, ‘निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौँ।’

काँग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए।

 ‘काँग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ। घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,’ उनले भने, ‘पार्टीलाई हराभरा बनाएर ठूलो मात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाले काँग्रेसभित्रको गुटउपगुट हटाई पार्टी एक ढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेले पार्टीलाई कमजोर बनाएको आरोप लगाए। ‘काँग्रेस अहिले पनि मजबुद छ। सङ्गठन चुस्त बनाएर लगे कसैले हराउन सक्दैन।’

उनले भने, ‘आफ्नै छायासँग डर लाग्छ। आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ।’ उनले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिए।

प्रतिक्रिया दिनुहोस