८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छानबिन समितिको संयोजकले एनसेललाई छुट दिएका थिए, विघटन गरौँ’ 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुजी पन्तले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न गठित छानबिन समितिका संयोजक टङ्कमणि शर्मा दंगालमाथि प्रश्न गरेका छन् ।

महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टङ्कमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेको भन्दै अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तको धारणा छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको मङ्गलवारको बैठकमा एमाले सांसद पन्तले महालेखा परीक्षक भएका बेला महालेखाको वार्षिक प्रतिवेदनमा नै एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने तर्क राखेका हुन् ।

‘छानबिन समितिको संयोजकमाथि प्रश्न उठेको छ, यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस् । छानबिन समितिमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्यो, ’उनले भने, ’टङ्कमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो ।’

छानबिन स्वच्छ हुन्छ भन्ने कुराबाट होइन व्यवहारबाटै पुष्टि हुनुपर्ने पन्तको भनाइ छ । उनले अहिले गठित समिति संयोजक कसरी सुद्ध व्यवहार गर्न सक्छन् भन्ने कुरा व्यवहारबाट पुष्टि हुनुपर्ने बताए ।

अहिलेको छानबिन समिति विघटन गरेर पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने पन्तको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस