७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी-बबई डाइभर्सन आयोजनालाई गति दिन मन्त्री बस्नेतको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको सूचीमा रहेको भेरी-बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् ।

मङ्गलवार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै उनले तत्काल काममा गति दिन निर्देशन दिएका हुन् ।आयोजनाको काममा ढिलाइ हुँदा सरकारले आम जनता र मुलुकलाई जवाफ दिनुपर्ने भन्दै उनले भने, ‘काममा ढिलाइ गर्ने छुट कसैलाई छैन ।’

यो आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति भएको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन नसकेको मन्त्रालयले जनाएको छ ।

आयोजना सम्बद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको समेत मन्त्रालयको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री कार्यालय मातहत रहेको एक्सन रुम मार्फत आयोजनाबारे जानकारी लिएका थिए । काममा अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै मन्त्री बस्नेतले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिएका छन् ।

उक्त अवसरमा निर्माण व्यवसायी तथा रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महतोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम नभएको आरोप लगाए ।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको बताए ।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभाग र हरेक महिना मन्त्रालयका तर्फबाट आयोजना निरीक्षण गर्ने जानकारी दिए ।

आयोजना निर्देशक बमले दैनिक रूपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीन वटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस