काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए।
उनले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।