७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा जरिवाना र बिगोसमेत १४ करोड माग दाबीसहित मुद्दा दायर गरेको हो ।

विभागका अनुसार भारतीय सेनाको नक्कली पेन्सन पट्टा खडा गरेर व्यापारिक सामान चोरी पैठारी गरेको अभियोगमा दुई जना भन्सार कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ । नक्कली पेन्सन पट्टा खडा गर्ने चक्रबहादुर कुँवर, निमकाजी श्रेष्ठ र खेमबहादुर गुरुङ एवं भन्सार जाँचपासमा सहयोगीको भूमिका निर्वाह गरेका सुनसरी भन्सारका कर्मचारी सन्देश लामिछाने र दीपक कार्कीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । भन्सारका कर्मचारी लामिछाने र कार्की निलम्बित भएका छन् ।

भारतीय सेनाबाट निवृत्त भएर मुलुक फर्कने बेला प्रतिव्यक्ति ५० हजार बराबरका पुराना सामान ल्याउन पाउने सुविधाको दुरुपयोग गरी नक्कली पेन्सन पट्टाका आधारमा व्यापारिक सामान ल्याएको प्रमाणका आधारमा उनीहरूलाई जेल सजायसमेत माग दाबी गरिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । 

अभियुक्तमध्ये गुरुङ हिरासतमा छन् भने चक्रबहादुरविरुद्ध वारेन्ट जारी गरिएको छ । उनीहरूबाट बिगो र जरिवानासहित एक करोड ७२ लाख असुल उपर गराउन माग गरिएको छ । 

सपना साडी सेन्टर, बुटवलका प्रोप्राइटर राजेन्द्रप्रसाद ध्वजुविरुद्ध ठूलो परिमाणमा राजस्व छलेर कपडाको व्यापार सञ्चालन गरेको अभियोगमा जेल सजायको माग गदै मुद्दा दाएर गरिएको विभागले जनाएको छ । उनीबाट ६ करोड ६२ लाख बिगो तथा जरिवाना तिराउनुपर्ने माग दाबीसहित बुटवल उच्च अदालतमा मुद्दा दायर गरिएको छ । 

राजस्व बुटवल कार्यालयले फागुनमा सारी सेन्टरमा छापा मारेर अनुसन्धान सुरु गरेको थियो । ध्वजुलाई राजस्वले पटक–पटक बोलाएर बयान लिन खोजे पनि उपस्थित नभएको जनाइएको छ । स्रोतका अनुसार ध्वजुलाई फरारको सूचीमा राखेर खोजी भइरहेको छ । 

उनले सीमाबाट निरन्तर  ठूलो परिणाममा कपडाको चोरी पैठारी गर्दै आएको विभाग स्रोतको भनाइ छ । एउटै लटमा तीन करोडभन्दा बढीको राजस्व छली गरेको देखिएकोले विभागले उनीबाट बिगोसमेत झन्डै ७ करोड असुल्नुपर्ने दाबी गरेको हो ।

विभागले चीनबाट रसुवा नाका भएर आयात व्यापार गर्ने सिलसिलामा राजस्व छलीको अभियोगमा करम दिन सेख र केशव चापागाईँविरुद्ध जेल सजायसहित ६८ लाख राजस्व रकम तिराउनुपर्ने मागसहित पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । विदेशी विनिमय अपचलन गरेको अभियोगमा सुदीप शर्मा, फुसाङबु शेर्पा र सायो दिङलाई ५ करोड ६७ लाख बिगो र जरिवानासहित जेल सजायको माग गरिएको पनि विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस