१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट विस्फोटक पदार्थ नआउँदा फास्ट ट्य्राक निर्माणमा ढिलाइ : नेपाली सेना

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माणका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ भारतले उपलब्ध नगराउँदा काम प्रभावित भएको बताएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको जानकारी दिएको हो ।

नेपाली सेनाको तर्फबाट संसदीय समितिमा फास्ट ट्र्याकको निर्माणकार्यबारे समितिमा प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले जानकारी गराएका थिए । योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारे ।

भारतबाट विस्फोटक पदार्थको आयातको सुरुवात २०७९ भदौमा सुरुवात भएको र ५ महिनाभित्र आयात गरिसक्ने लक्ष्य राखिएकोमा २०८० पुससम्म पनि आपूर्ति हुन नसकेको श्रेष्ठले बताए । चीनबाट भने २०७९ माघबाट ५ महिनाभित्र आयात गरिसक्नुपर्ने विस्फोटक पदार्थ ६ महिनामा आइपुगेको उल्लेख गरेको छ ।

निर्माण कार्य ढिलाइ हुनुमा सेनाले विस्फोटक पदार्थ आयात हुन नसक्नु रहेको सेनाको अधिकारीले बताएका छन् । नेपाली सेनाले २०७४ मा द्रुतमार्ग निर्माण सुरु गरेको थियो ।

६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा हालसम्म सेनाले २८.५६ प्रतिशत मात्र काम सम्पन्न गरेको जानकारी दिएको छ । आयोजनाको ३ वर्ष म्याद थपिएको छ । अब २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ । सुस्त निर्माण कार्यले गर्दा थपिएको समयमा पनि काम सम्पन्न हुनेमा सांसदहरूले प्रश्न गरिरहेका छन् ।

पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस