७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समिति सभापतिको अभिव्यक्तिप्रति गगन थापाले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिदबारे प्रतिनिधि सभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिका विषयमा राज्यव्यवस्था तथा सुशासन समितिले विरोध जनाएको छ ।

काँग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुखसामु उठाउनुपर्ने बताए ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद थापाले लेखा समिति सभापति निम्न स्तरमा झरेर अर्को संसदीय समितिबारे टिप्पणीमा उत्रिएको भन्दै आलोचना गरे । उनले सार्वजनिक अभिव्यक्तिद्वारा प्रतिवाद गर्नुभन्दा पनि सभामुखसँग उक्त अभिव्यक्तिको विषय उठाउनुपर्ने सुझाव समिति सभापति रामहरि खतिवडालाई दिएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिका सबै सांसदहरू बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एनसेलको सेयर बिक्रीबारे छलफल गरेको र त्यसमा प्रमुख प्रतिपक्षी दलका सांसद पनि सहभागी रहेको स्मरण थापाले गराए । पोखरेल एमालेका सांसद हुन् ।

पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एनसेल प्रकरणलाई कमजोर बनाउन अन्य समिति लागेको आरोप लगाएका थिए । ‘सरकारी सुण्डमसुण्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरू मार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु, ’पोखरेलको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस