काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त गरेका छन्।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरूमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुङ्गाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।
