१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको दोधारे चरित्र देखियो, माओवादीसँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्छ : ‘विप्लव’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारको भूमिकाप्रति आशङ्का व्यक्त गरेका छन् ।

कपिलवस्तुमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले आफूसहित पार्टी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मौनताप्रति आशङ्का व्यक्त गरेका हुन् ।

उनले भने, ‘सरकारका प्रमुख ‘प्रचण्ड’ समाजवादी मोर्चामा बस्ने र त्यही मोर्चाको अर्को सदस्यसहितका नेतामाथि पक्राउ पुर्जी जारी हुँदा मौनता साध्नुले सरकारको दोधारे चरित्र देखिन्छ ।’

उनले समाजवादी मोर्चाको तर्फबाट जारी विज्ञप्तिको स्वागत गरे । महासचिव चन्दले सरकारले आफूहरूमाथिको पक्राउ पुर्जीबारे धारणा स्पष्ट नगरे माओवादी केन्द्रसँगको सहकार्यमा पुनर्विचार गर्नुपर्नेसम्मको धारणा राखे ।

उनले समाजवादविरोधी पहिचानको नारा पुँजीवादी नारा भएको टिप्पणी गरे ।

यस्तै प्रवक्ता ‘प्रकाण्ड’ले दलाल व्यवस्थाको सङ्कट टार्न र नेकपालाई कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र भइरहेको बताए ।

उनले भने, ‘साम्राज्यवादी षड्यन्त्रको नयाँ अभ्यास अदालतको पक्राउ पुर्जीबाट देखिएको छ । साम्राज्यवादले एकातिर हाम्राविरुद्ध षड्यन्त्र गरिरहेको छ भने अर्कोतिर यो व्यवस्थामा आएको सङ्कट टार्न आफ्नो कट्टर प्रतिनिधि खोजिरहेको छ । त्यसका लागि अहिलेका पात्रको ठाउँमा नयाँ पात्र खोजिरहेको छ ।’

बैठकले महासचिव विप्लवले पेश गरेको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पूरा गरौँ’ भन्ने शीर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस