१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

अ+ अ-

तेल अविव (इजरायल) । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजरायली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताएका छन् । 

उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । 

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाइ भएकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् । 

यद्यपि प्रधानमन्त्री नेतान्याहुले इजरायली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए  । ‘कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन, हामीले हमासमाथि आगो वर्षाएका छौँ, हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस