७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले दाङबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर बजेट अभावले शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष ०६४/६५ देखि सुरु दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएको छैन ।

उक्त सडक-खण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको क्रममा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन सकेको छैन । यस्तै हुकाम-मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ ।

विगतमा घोराही–होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । डीपीआर स्वीकृतिको चरणमा छ । तर यी सबै काममा बजेट अभाव भएकाले त्यसको प्रबन्ध गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको माओवादी केन्द्रका उपमहासचिव पुनले जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस