७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको अर्थतन्त्र सहायता नलिने अवस्थामा पुगेको छैन : खतिवडा

अ+ अ-

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहायता लिन्न भन्न सक्ने अवस्थामा नपुगेको टिप्पणी गरेका छन् ।

वैदेशिक सहायताको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने हाम्रो आन्तरिक राजस्व संरचना अलि बलियो बनाउनु पर्ने भन्दै त्यसका लागि अझै समय लाग्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर समेत रहेका खतिवडाले भने, ‘सहायता सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक प्रयोजनका लागि पनि छन्, अब त्यसलाई छुट्याउन सक्नुपर्छ । सहायता लिन्न भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौँ । अब १०-१५ वर्ष निरन्तर हामीले ५-७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने अनुदानचाहिँ लिँदैनौ भन्ने अवस्थामा पुगौँला । अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने आन्तरिक राजस्व संरचना अलि बलियो भएर जानुपर्छ र त्यसका लागि आर्थिक वृद्धि चाहिन्छ ।’

विदेशी सहायतालाई निरपेक्षतामा नभई सापेक्षतामा हेर्नुपर्ने भन्दै उनले सबै कुरा सधैँ नराम्रो पनि नहुने साथै सधैँ राम्रो पनि नहुने उल्लेख गरे ।

‘ठूलो योजना, विद्युत् योजना, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा हामीले विदेशी सहायता लिएर नै हामी अगाडि बढेका छौ’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले वित्तीय क्षेत्रमा कुनै सहायता लिएर काम नगरेको भए हाम्रा केही बैंक र वित्तीय संस्थाहरू आज छन् कि छैनन् भन्ने अवस्थामा हुन्थे । त्यसको पनि मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

कुनै योजना आयो भने त्यसको प्रमुख म हुन्छु, त्यसका लागि एउटा गाडी चाहियो, ४ वटा विदेश भ्रमण राख्नैपर्यो भन्ने प्रवृत्ति रहेकाले यसको नकारात्मक असर पर्ने गरेको उनले सुनाए ।

‘दातृ निकायलाई राम्रो कार्यक्रम ल्याउनु छ तर प्रोजेक्ट थ्रो गर्न नसकेको भनेपछि उनीहरू पनि सम्झौता गर्छन् र कार्यक्रमलाई काम नलाग्ने बनाइदिन्छन्’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस