७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा सचिव विहीन हुँदा सेवाग्राही मर्कामा

अ+ अ-

लमजुङ । जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो ।

जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन् । यतिका वडामध्ये जम्मा ३६ वडामा मात्र वडा सचिव रहेको बताइएको छ । छिटोछरितो सेवा पाउनुपर्ने भए पनि वडा सचिव नभएकै कारण सो सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवा सुविधा खोज्दै अन्यत्र स्थल रोज्नाले वडा सचिवको अभावमा नागरिकले आफ्नो दैनिक कामकाजका लागि समस्या भोग्नुपरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताए । उनले जिल्लाका अधिकांंश वडामा वडा सचिव नभएको उल्लेख गरे ।

वडा सचिव नआउँदा एउटै कर्मचारीले दुई दुई वडामा काम गर्नुपर्ने बाध्यताका कारण नागरिकले पाउनुपर्ने छिटोछरितो सेवा सुविधामा समस्या भइरहेको उनले बताए । वडा सचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइए पनि सचिवको जस्तो काम भने नहुने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडासचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

बेँसी सहर नगरपालिका-११ चितीका ईश्वरराज सेढाईंले भने, “वडा सचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्छ । हस्ताक्षरलगायत केही काम बिग्रियो भने फेरि एक दिन जान र एक दिन वडामा काम गर्न समय लाग्ने हुँदा स्थानीयवासीलाई धेरै समस्या भइरहेको छ ।”

बेँसी सहर नगरपालिका-११ का वडाध्यक्ष शिव जोशीले वडा सचिव नहुँदा नागरिकलाई वडा कार्यालय आउन र जान दुःख मात्र हुने गरेको बताउँछन् । दश महिनादेखि वडा सचिव नहुँदा नागरिकले धेरै दुःख पाइरहेको र वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडा सचिवको हस्ताक्षर तथा पञ्जीकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

नागरिकले पालिका जान र आउनका लागि गाडी भाडा पाँचदेखि छ सय रुपैयाँ खर्च गर्न बाध्य हुँदै आएको जानकारी दिँदै वडाध्यक्ष जोशीले सामान्य काम वडाको सहयोगीबाट गर्दै आए पनि विवाह, जन्म दर्ता, मृत्युलगायत कामका लागि अनिवार्य पालिकामा जानुपर्ने बाध्यताले वडा सचिवको माग गर्दै आए पनि हालसम्म वडासचिवविहीन कार्यालय भइरहेको बताए ।

क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले यस पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताए । वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उनको भनाइ थियो । वडा सचिव हुँदा र अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा फरक परे पनि केही भए पनि समस्या समाधान भएको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस