९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीले मधेश प्रदेशलाई दियो १३० रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको हो ।

कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ५७ रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ६४ बलको सामना गरी नौ चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर अप्सरी बेगमले पनि ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौका प्रहार गरिन् ।

यसैगरी सबनम राईले टोलीको खातामा अविजित १६ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल आठ बलमा दुई चौका हिर्काइन् । लकिता राजवंशीले ६ र नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । कोशीले अतिरिक्त रुपमा पनि नौ रन पायो ।

ओपनर काजल श्रेष्ठ भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । मधेश प्रदेशकी बलर मीना महतोले दुई विकेट लिइन् । पूजा महतो र सरस्वती कुमारीले पनि एक–एक विकेट हात पारे । मधेश प्रदेश यसअघि खेलेको दुवै खेलमा पराजित भएको थियो । कोशीले भने यसअघि आफूले खेलेको दुवै खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस