काठमाडौँ । सरकारले बाध्य बनाई कामबाट निष्कासन भएका स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौला आइतवारदेखि पुनः कार्यभार समाल्न पुगेका छन्। सर्वोच्च अदालतले गत शुक्रवार पुर्नवहालीको लागि अन्तरिम आदेश गरेपछि उनी कार्यभार समालेका हुन्।
न्यायाधीश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कार्यान्वयन बसौलालाई निलम्बन निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
सम्बन्धित समाचार : बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बसौला २०७७ साल कात्तिकमा लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भई चार वर्ष कार्यकालको लागि निर्देशकमा छनौट भएका थिए।
सम्बन्धित समाचार : बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
सम्बन्धित समाचार : वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्बहाली गर्न आदेश