६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

अ+ अ-

काठमाडौँ । व्यवसायीले होटेल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर होटेल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेको हो।

महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटेल क्षेत्र देशको गरिमासमेत रहेको उल्लेख गरेको छ।

होटेलजस्तो महत्त्वपूर्ण क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको जनाउँदै समितिले अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो।

यस्तै, महासङ्घले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ‘ब्राण्ड’ले रोयल्टीवापत कूल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा सहजीकरण गरिदिन माग गरेको छ।

भेटमा अर्थमन्त्री डा. महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने जनाउँदै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतिजा दिने विश्वास दिलाए। अर्थमन्त्रीसँगको भेटमा होटेल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायतका व्यवसायीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस