६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै धर्मको मुख्य पर्वमा बिदा दिनु सम्मान : सांसद खतिवडा  

अ+ अ-

काठमाडौँ । काँग्रेस सांसद रामहरि खतिवडाले नेपालमा सबै धर्मको सम्मान गर्ने परम्परा विकसित भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । तर, जबरजस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान नहुने धारणा उनले राखे । 

सोमबार इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले सबै धर्मको मुख्य पर्वमा बिदा दिएर सम्मान गर्ने परम्पराको थालनी गरेको उल्लेख गर्दै यसले निरन्तरता पाउनुपर्ने बताए । 

उनले भने, ‘हामीले जनै लगाउँदा बिदा पाउने तर तपाईँहरूले क्रिसमस वा ल्होसार मनाउँदा बिदा नपाउने चलन थियो, यो पद्धतिको सरकारले अन्त्य गरेर सबै धर्मको सम्मान गर्ने परम्पराको विकसित भएको छ, यसलाई निरन्तरता दिउँ ।’ 

जबरजस्ती धर्म परिवर्तन गराउन लागेकासँग भने सचेत हुनुपर्नेमा जोड दिँदै उनले धर्म परिवर्तनको बाटोमा मुलुकलाई लैजान नहुने प्रस्ट पारे । ‘जबरजस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान हुँदैन । आफ्नो इच्छाले आफ्नो धर्म मान्ने पद्धतिको विकास गरौँ,’ खतिवडाले भने । 

क्रिसमसको शुभकामना दिँदै उनले नेपाललाई सबै जातजाति, धर्म सम्प्रदाय मिलेर अझ धेरै एकताबद्ध, सुसंस्कृत र बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि आग्रह पनि गरे । ‘सबै जाति, धर्म, जाति, सम्प्रदाय मिलेर नेपाललाई अझ सुसंस्कृत, अझ दरिलो र एकताको देश बनाउन सबै मिलेर लागौँ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस