१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री किरातीको दाबी : नेपालको पर्यटन पुरानै लयमा फर्किएको छ 

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको दाबी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको वर्ष दिन पुगेको अवसरमा आज मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेका बताए । 

आफू मन्त्री भइसकेपछि एक महिनामा ई टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको उनले बताए ।

मन्त्री किरातीले १२ वर्षदेखि बिग्रिएर बसेको नेपाल वायु सेवा निगमको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै छ वटा जहाज हुने बताए । हवाई उडान हुन नसकेको २२ वटा खाली विमानस्थल सहज ढङ्गले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको उनको दाबी छ । 

उनले भने, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । म मन्त्री भएर आएको एक महिनामा नेपाल वायु सेवा निगममा ई टिकेटिङ लागू गरेका थियौँ । दुर्गम क्षेत्रहरूमा उडान गर्नका लागि जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ ।’

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेशिन जडानको काम अन्तिम चरणमा पुर्‍याएको बताए । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस