११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामा बाढीबाट सात जनाको मृत्यु, ११ बेपत्ता

अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मङ्गलबार मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् ।

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट)सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन् ।

त्यस्तै दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ ।

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो ।

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्‍याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिए। ‘कसैलाई केही हडप्ने मौका थिएन’, उनले भने । केही कार तीन किलोमिटर तल फेला परेका थिए ।

नौ यात्रु बोकेको एउटा मिनिबसमा तीन वटा शव फेला परेको छ । अन्य छ जना अहिले पनि बेपत्ता छन् । एउटा शव सम्पूर्णरूपमा क्षति भएको घरमा फेला परेको थियो भने घरभित्र रहेका अन्य दुई अझै बेपत्ता छन् ।

बेलस्प्रुट नदीमा आएको बाढीका कारण कारमा फसेका कम्तीमा दुईको ज्यान गएको छ । मङ्गलबार सम्पूर्ण प्रान्तमा अझ भयानक आँधी आउने अनुमान गरिएको छ ।

क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ । सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस