१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाले प्रमुख सहरहरूमा सन्देश सभा गर्ने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख सहरहरूमा सन्देश सभा गर्ने निर्णय गरेको हो । कुन सहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रमुख सहरहरूमा सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको बताए ।

‘मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो । वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ । यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ । तर यसबारे अझै प्रष्टता छैन । मोर्चाकातर्फबाट हामीले देशका प्रमुख सहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरेका छौँ ।’

उनले त्यसबारे बुधवारै बेलुका बस्ने बैठकले थप छलफलपछि निर्णय गर्ने बताए ।

‘संविधान र व्यवस्थाकोविरुद्धमा कतिपय शक्तिहरू लागेका छन्, त्यसलाई सरकारले निष्तेज पार्दै पनि लगेको छ,’ नेता श्रेष्ठले भने, ‘सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पुर्‍याउनुपर्नेछ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस