११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीद्वारा गण्डकी प्रदेश पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशको यो चौथो जित हो । एक खेलमा भने कोशी पराजित भएको थियो । पाँच खेल खेलेको गण्डकी प्रदेशले भने चौथो हार ब्यहोरेको हो । एक खेलमा भने गण्डकी विजयी भएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १५ ओभरमै अलआउट हुनुअघि ४८ रन मात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि एक ब्याट्रले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमन खतिवडाले अविजित २१ रन बनाइन् । उनले २० बलमा तीन चौका पनि प्रहार गरिन् । गण्डकीका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर अञ्जली विश्वकर्मा आठ र सृजना पौडेल शून्य रनमै पेभेलियन फर्किए । ज्योत्सनिका मरासिनीले ६ र सृष्टी जैसीले एक रन जोडे । कप्तान कुशुम गोदार शून्य रनमै आउट भइन् भने सिमाना केसीले पाँच रन जोडिन् ।

रचना चौधरी शून्य रनमा आउट भइन् भने धन कुमारीले दुई रन बनाइन् । श्रेया शर्मा र आकृती तिवारीले पनि खाता खोल्न सकेनन् । गण्डकीले अतिरिक्त रुपमा पाँच रन पायो । कोशी प्रदेशका बलर रुविना क्षेत्रीले तीन तथा संगीता राई र एलिसा खडियाले पनि दुई–दुई विकेट हात पारे । अप्सरी बेगमले पनि एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस