२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र बाग्मती विजयी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ ।

आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो । मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गौतमले समान २ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायो । मधेसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो । बाग्मतीले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गोलले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी शर्मिला रोक्काले २ विकेट लिइन् ।

यो जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस