काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एनसेल शेयर खरिद बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ ।
बैठक बिहीबार बिहान साढे १० बजे बोलाइएको छ । एनसेल शेयर खरिद बिक्रीका विषयमा छलफल चलाउने यो चौथो समिति हो । यसअगाडि नै प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिले यो विषयमा छलफल गरिसकेका छन् ।
सूचना प्रविधि मन्त्रालय आफ्नो समितिको कार्यक्षेत्रभित्र रहेकोले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले बताएको छ ।
सचिवालयका अनुसार छलफलमा सञ्चारमन्त्री रेखा शर्मा, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कम्पनी रजिष्टारको कार्यालयका अधिकारीहरूलाई छलफलमा बोलाइएको छ ।
यी निकायका अधिकारीहरूलाई नै राखेर तीन वटा समितिले छलफल गरिसकेका छन् ।