११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ। राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो।

त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए। चिकित्सक फ्रान्सिस कातेहले भने, ‘पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। ‘घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा यो सङ्ख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ। यसका लागि प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पतालसम्म पुर्‍याउने काम गरिरहेको छ।’

उनले भने, ‘हाम्रो टोली घर–घरमा गएर हराएकाहरूको खोजी गरिरहेको छ।’ प्रहरीले यसअघि मृतकको सङ्ख्या १५ रहेको र स्थानीयहरू घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो।

लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने, ‘त्यहाँ धेरै मानिसहरू जलेका छन्। मृतकको सङ्ख्या तत्काल यति नै रहेको भन्न कठिन छ।’ अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्यास भरिरहेका समय ट्याङ्कर विस्फोट हुँदा हताहत हुनेको सङ्ख्या धेरै पुगेको छ।

टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले भने, ‘मानिसहरू ग्यास लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्याङ्करबाट ग्यास निकाल्न फलामका रडले ट्याङ्की खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो।’

मासाकोइले भने, ‘ट्रकको चारैतिर मानिसहरु थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएको थिए तर उनीहरूलाई ट्याङ्करमाथि नचढ्न र ट्याङ्करलाई ठक्कर दिन रोक्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुन पुगेको छ। केही मानिसहरूले ट्याङ्कीमा प्वाल पार्न स्क्रू ड्राइभरहरू पनि प्रयोग गरिरहेका थिए।’

प्रतिक्रिया दिनुहोस