७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुससहित पक्राउ परेका दुई पदाधिकारीसहित चार जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक-खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका दुई पदाधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

रकानूनी लाभ तथा हानी एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक-खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका २ पदाधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

समितिका पदाधिकारीहरू लक्ष्मण अधिकारी, प्रेमप्रसाद भण्डारीसमेत ४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप-पत्र दायर भएको हो । अन्य २ जनामा समितिकै सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेल छन् ।

ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तरोन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी दिने क्रममा उनीहरूले १ लाख रुपैयाँ घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

‘उपभोक्ता समितिका पदाधिकारीहरूसँग मिलेमतो गरी घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो १ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ,’ अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस