८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा काँग्रेस बाधक नबन्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा काँग्रेस बाधक नबन्ने बताएका छन् ।

उनले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताए । बिहीबार सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले बैठकमा भने त्यसबारे छलफल हुन बाँकी रहेको बताए ।

‘मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा काँग्रेस बाधक बन्दैन ।’

नेता विश्वकर्माले सरकारको सफलता र असफलताको विषयमा प्रधानमन्त्रीकै हातमा निर्भर रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ले कार्यभार सम्हालेको एक वर्ष पुगेको सन्दर्भमा मन्त्रीका कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादनमा कमजोर रहेकाहरूलाई हेरफेर गर्ने बताएका थिए । तर काँग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीले सरकारमा मन्त्रीहरू पठाएको एक वर्ष नपुगेको भन्दै त्यसबारे अहिले छलफल नगर्ने भनेका छन् ।

नेता विश्वकर्माका अनुसार प्रधानमन्त्री दाहालले दलका नेताहरूसँग व्यक्तिगतरुपमा मन्त्री हेरफेरका विषयमा कुराकानी गरेपनि गठबन्धनमै भने औपचारिक प्रस्ताव आएको छैन । काँग्रेसबाट दुई उपसभापति र प्रवक्तासहित ९ जना नेताहरू दाहाल सरकारमा मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस