६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालयबाटै राजस्व सङ्कलन

अ+ अ-

रामपुर (पाल्पा) ।  स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपर्थ्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।

रामपुर नगरपालिका कार्यालयको आडैमा मालपोत कार्यालय छ । नगरका टाढा रहेका वडा नं १, २, ९ र १० का स्थानीयले मालपोत कर बुझाउन एक दिनको समय खर्चेर कार्यालयमा धाउनुपर्ने समस्या रहेकामा अहिले प्रत्येक वडा कार्यालयबाट राजस्व लिने व्यवस्था गरिएको छ । नगरपालिकाको केन्द्रबाट नजिक भनिएका वडा नं ३, ४ र ८ को माथिल्लो भेगमा बसोबास गर्नेले धेरै समय बिताएर राजस्व बुझाउनुपर्ने समस्या थियो । वडा कार्यालयबाट छिटोछरितो सेवा पाउँदा आवतजावत तथा आर्थिक समस्या नरहेको रामपुर-९ बरभञ्ज्याङका राजन सुनार बताउछन् । 

‘सेवाग्राहीले भनेको समयमा वडाबाटै सेवा पाएका छन्, रामपुर नगरपालिकाले वडाबाटै सुरु गरेको मालपोतको राजस्व सङ्कलन कार्य नगरवासीमाझ प्रभावकारी बनेको छ’, उनले भने  ।

टाढा टाढाबाट मालपोत कार्यालयमा राजस्व बुझाउन आउने झन्झटलाई मध्यनजर गर्दै नगरभित्रका सबै वडा कार्यालयबाट राजस्व लिन थालिएको हो । वडा वडामा सफ्टवेयर जडान गरेर कम्प्युटरबाट राजस्व सङ्कलन कार्य भइरहेको रामपुर–८ का वडा सचिव महेश भट्टराईले बताए ।

‘घटना दर्ता, सामाजिक सुरक्षा तथा अन्य सिफारिससम्बन्धी काम वडा सचिवबाटै गर्नुपर्ने हुँदा वडामा जनशक्ति अभावका बीच पनि राजस्व लिइरहेका छौँ’, उनले भने, ‘मालपोतको राजस्व लिन सुरु गरेपछि वडा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।’ सबै वडामा कम्प्युटर अपरेटर छैनन्, सहायक अपरेटर, वडा सचिव तथा कार्यालय सहायक कर्मचारीबाट काम हुने गरेको छ । जनशक्ति अभावका बाबजुद पनि नागरिकलाई स्थानीय गत मङ्सिरदेखि नगरपालिकाभित्र रहेका दश वटै वडा कार्यालयमा कार्यरत कर्मचारीलाई अनलाइन सफ्टवेयर प्रविधिसम्बन्धी दुई दिने तालिम दिएर वडाबाटै राजस्व सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले जानकारी दिए । 

वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अहिले मालपोतको राजस्व पनि सङ्कलन गर्न थालेपछि सेवा प्रभावकारी बनेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीलाई सहज सेवा दिन मालपोत भूमिकर वडाबाटै लिने व्यवस्था गरिएको हो ।

मालपोत कार्यालयमा एक दिनको समय बिताएर घरजग्गाको राजस्व बुझाउन जानुपर्ने समस्या स्थानीयले भोग्दै आइरहेकामा वडाबाटै सेवा प्रवाह सुरु गरेपछि धेरै सजिलो भएको रामपुर-९ का वडाध्यक्ष डिलबहादुर राना बताउछन् । नगरपालिकाको केन्द्र तथा मालपोत कार्यालय देखि टाढा रहेको रामपुर-९ का स्थानीयले मालपोतको राजस्व शुल्क बुझाउन एक दिनको समय खर्चनुपर्नेछ । मालपोत कार्यालय बेझाड बजारसम्म आवतजावतका लागि यातायात खर्च, एक दिनको समय बिताउनुपर्दा स्थानीयले निकै सास्ती झेल्दै आएका थिए । दिनभरको समय बिताएर राजस्व बुझाउँदै आएका स्थानीय वडा कार्यालयमा छिटो छरितो सेवा पाउँदा दङ्ग छन् ।

सूचना प्रविधिलाई व्यवस्थित गर्दै कर्मचारीको सिकाइमा दक्षता वृद्धि गरी सहजरुपमा सेवा दिन वडा कार्यालयबाट मालपोतको राजस्व सङ्कलन गर्ने व्यवस्था गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिन नगरपालिकाले सेवा प्रवाहलाई सहज बनाउँदै गएको छ । नगरपालिकाको कार्यालय, मालपोत कार्यालयबाट दिइने सेवा वडा कार्यालयबाट दिने व्यवस्था गरेको छ । साथै ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट वितरण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस