७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्स फ्याट र कागज प्रयोग मापदण्ड स्वीकृत, यसरी जोगाइँदै छ नागरिकको स्वास्थ्य

अ+ अ-

काठमाडौँ । सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमाको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको मापदण्ड मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

यस गुणस्तरको क्षेत्रभित्र पर्ने खाद्य पदार्थहरूमा ट्रान्स फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कूल चिल्लो पदार्थको तौलको दुई प्रतिशत भन्दा नबढेको हुनुपर्नेछ । खाद्य ऐन, २०२३ को उद्देश्य अनुरूप सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्नका लागि विभिन्न खाद्य पदार्थहरूको स्तर निर्धारण गर्न खाद्य ऐन, २०२३ को दफा ९ तथा खाद्य नियमावली, २०२७ को परिच्छेद ५ नियम १६ को प्रावधान अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा निर्धारण गरी सो अनुरूप गुणस्तर नियन्त्रण गर्न मापदण्ड तयार गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२३ को डिसेम्बर सम्ममा संसारबाट औद्योगिक ट्रान्स फ्याटलाई हटाउन सिफारिस गरेको छ । नेपाल सरकारले जारी गरेको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना, २०२१-२०२५ मा ट्रान्स फ्याट सीमित गर्ने नीति पारित गरेको थियो । सन् २०२२ जनवरी को डब्लुएचआ को प्रतिवेदन अनुसार छिमेकी राष्ट्र भारत लगायत ६० भन्दा बढी देशहरूले ट्रान्स फ्याट सम्बन्धी नीति तथा कानुन पारित गरी कार्यान्वयनमा ल्याइसकेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो मापदण्ड तयारीका क्रममा डब्लुएचओ नेपाल तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान समेतको सहकार्यमामा सरोकारवालाहरूसँग परामर्श तथा छलफल गरेको थियो । विभिन्न चरणका छलफलहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा समेत सहभागी थिए ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ट्रान्स फ्याट सम्बन्धी मापदण्ड स्वीकृत गरेकोमा चिकित्सकहरूले यसको स्वागत गरेका छन् ।

नेपाल हार्ट फाउन्डेसनका सदस्य डा. प्रेमराज वैद्यले ट्रान्स फ्याट मापदण्ड स्वीकृत गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताए । उनले ट्रान्स फ्याट मापदण्ड लागू भएपछि अहिले युवा अवस्थामै देखिँदै आएको मुटुजन्य रोगहरू ह्दयघात, उच्च रक्तचाप, मधुमेह, मोटोपन जस्तो रोग नियन्त्रण हुने बताए ।

उनले भने, ‘कम उमेरमै ह्दयघात हुने गरेको छ । एक किसिमको हर्मोनसँग सम्बन्धित ब्रेथ क्यान्सर पनि ट्रान्स फ्याटकै कारण हुने गरेको अध्ययनहरूले देखाएका छन् । अल्जाइमर रोग पहिले ७० वर्ष कटेपछि लाग्ने गरेको थियो । तर, ट्रान्स फ्याटका कारण अहिले ४५ वर्षको उमेरमै देखिन थालेको छ । यो सबैको मूल कारण ट्रान्स फ्याट हो भनेर प्रमाणित भएको छ । सरकारको यो निर्णयले नागरिको स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्ने छ ।’

ट्रान्स फ्याटको नियमन विश्वमा पहिलो पटक डेनमार्कले गरेको थियो । डेनमार्कले तीन वर्षमा युवामा हुने हृदयघात आधा घटाएको थियो । डेनमार्कको उक्त तथ्यपछि विश्वका अन्य देशले ट्रान्स फ्याटको प्रयोगलाई घटाउने तर्फ लागेका डा. वैद्यले जानकारी दिइन् ।

यसैगरी सरकारले खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धमा अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको मापदण्डमा कुनै पनि खाद्य उत्पादक, व्यवसायी वा बिक्रेताले खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको, छापिएको वा रङ्गाइएको कागजलाई प्रयोग गर्न पाइने छैन ।

खाद्य पदार्थहरूलाई पत्र-पत्रिका वा मसीले छापिएका वा रङ्गिन कागजातहरूमा पोको पारी वा पस्केर बिक्री वितरण गरिने खाद्य पदार्थहरूले मानव शरीरमा बिस्तारै विष भरिरहेको हुनाले यसको नियन्त्रणका लागि उक्त मापदण्ड बनाइएको हो । पत्र-पत्रिका वा मसीले छापिएका वा रङ्गिन कागजातहरूमा धातुजन्य प्रदूषकहरू मेटालिक कन्टामिनेन्टस्, खनिज तेल तथा हानिकारक रसायन थालेट्स हुने हुँदा यस्ता रसायनले पाचन प्रक्रियामा समस्या उत्पन्न गर्नुका साथै शरीरमा गम्भीर विषाक्तता सिर्जना गराउँछ ।

यस्ता कागजातहरूमा पाइने रसायनहरूले विशेष गरी बालबच्चाहरू, महिला, किशोर र किशोरीहरू, तथा शरीरको प्रतिरक्षा प्रणालीमा सम्झौता गर्ने किसिमका रोग लागेका व्यक्तिहरूमा क्यान्सरको तथा सो सँग सम्बन्धित रोगहरूको जोखिम बढाउँछ । पत्र–पत्रिकालाई खानेकुरा पोको पार्न, ढाकेर राख्न, पस्केर दिन तथा तारेको खानेकुराको तेल सोस्नलाई प्रयोग गर्ने कार्य प्रतिबन्ध गर्नका लागि यो मापदण्ड तयार पारिएको हो ।

ट्रान्स फ्याट के हो ?
ट्रान्स फ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरू मध्येको एक हानिकारक चिल्लो हो ।

खानामा यो चिल्लोको मात्रा धेरै भएमा मुटुका रोगहरू लगायत अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू देखा पर्दछन् । ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई किसिमका स्रोतबाट प्राप्त हुन्छ । राँगा, र्भैसी, खसी, बोका आदिको रातो मासु तथा जनावरको दूध ट्रान्स फ्याटका प्राकृतिक स्रोतहरू हुन् । रातो मासुमा पाइने चिल्लोमा ट्रान्स फ्याटको मात्रा ३-९ प्रतिशत हुन्छ ।

यस्तै प्रकारले जनावरको दूधको चिल्लोमा २-६ प्रतिशत ट्रान्स फ्याट हुन्छ । थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा नकारात्मक असर पारेको वैज्ञानिक तथ्य हालसम्म छैन ।

वनस्पति तेललाई त्यसलाई हाइड्रोजिनेसन विधि द्वारा ठोस वा अर्ध ठोस अवस्थामा परिणत गरी वनस्पति घ्यू (पार्सियल्ली हाइड्रोजेनेटेड आयल वा पिएचओ) तयार गर्दा औद्योगिक ट्रान्स फ्याट उत्पन्न हुन्छ र यसरी उत्पन्न भएको औद्योगिक श्रोत को ट्रान्स फ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यसरी उत्पादन गरिने वनस्पति घ्यू व्यापारिक हिसाबले निकै सस्तो हुने, यसले खानेकुराको स्वाद तथा रूप बढाउने कार्य गर्दछ ।

वनस्पति घ्यू प्रयोग गरी तयार गरिने खाद्य पदार्थहरूमा बेकरी सर्टनिङ्ग, बिस्कुट, केक, मार्गारीन, फ्रोजेन डिजर्ट, बेकरी उत्पादनहरू,वनस्पति घ्यू वा तेलमा तारेका (डिप फ्राई) गरेका खानेकुरा आदि हुन् ।

स्वास्थ्यमा कस्तो असर पार्छ ?
ट्रान्स फ्याट मुटु र रक्तनलीहरुका लागि अत्यन्तै हानिकारक छ । रक्तनलीहरुको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ । रक्तनलीहरु साँगुरिने क्रमलाई बढाउँछ । मुटुको धमनीको रोग, हृदयघात र मस्तिष्क घात हुने सम्भावनालाई बढाउँछ । ट्रान्स फ्याट रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ ।

विभिन्न अध्ययनहरूले ट्रान्स फ्याटबाट कोलोनको क्यान्सर, अल्जाइमर तथा महिलाहरूमा स्तनको क्यान्सरको जोखिम बढ्छ भन्ने तथ्यहरू पनि देखाएको छ ।

साथै तेललाई धेरै पल्ट ततायो भने त्यसमा उच्च तापक्रम को कारण ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो तेल त्यति बढी हानिकारक बन्दै जान्छ । यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन लगायत अन्य तारेका खानेकुराहरूमा ट्रान्स फ्याटको उपस्थिति हुन सक्ने हुनाले यस्ता खाद्य वस्तुहरू स्वास्थ्यका लागि हानिकारक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस