काठमाडौँ । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता (डिआइजी) कुबेर कडायतले जानकारी दिए।
शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो। शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए। घटनामा दुई जनाको मृत्यु भएको थियो।
सम्बन्धित समाचार : बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
सम्बन्धित समाचार : प्रदर्शनका क्रममा घाईते भएका अर्का युवकको पनि मृत्यु
मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्। उनीहरूको परिवारलाई सरकारले १०–१० लाख दिने निर्णय गरेको छ।
घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ।
सम्बन्धित समाचार : मन्त्री ज्वालालाई निकालेर ईपीएस आन्दोलनकारीले जलाए गाडी
सम्बन्धित समाचार : सरकारलाई गाली गर्दै गाडीमा आगजनी गरे : मन्त्री ज्वाला
सम्बन्धित समाचार : मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ