काठमाडौँ । लुम्बिनी प्रदेश विषयगत समितिको सभापति चयन गर्न तोकिएको निर्वाचन स्थगित भएको छ।
प्रदेश सभाले पुस १७ गते सभापति चयन गर्न निर्वाचनको मिति तय गरेको थियो। तर, सभामुख तुलाराम घर्तिमगरले विशेष कारणवस अनिश्चितकालको लागि निर्वाचन स्थगित गरेको सूचना प्रकाशन गरिएको छ।
प्रदेश सचिव दुर्लभकुमार पुन मगरले विशेष कारणवस निर्वाचन स्थगित गरिएको जानकारी दिए। निर्वाचन गर्ने विषयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। दलहरूको बीचका विषयगत समितिको सभापति चयन गर्न भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको स्रोतले दाबी गरेको छ।
सार्वजनिक लेखा समितिसहित अन्य एउटा समिति प्रमुख प्रतिपक्ष दल एमालेलाई र बाँकी चारवटा समितिको सभापति सत्तासीन दललाई दिने गरी छलफल अघि बढेको जनाइएको थियो।
