९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री रिजालद्वारा नौँ महिने प्रगति विवरण सार्वजनिक, निगम ऋण मुक्त गराउनु ऐतिहासिक उपलब्धी

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ९ महिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेयताका ९ महिनामा उनले आयल निगमलाई ऋणमुक्त गराएको भन्दै ऐतिहासिक उपलब्धि मानेका छन् ।

निगमले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार गरिरहेको साथै भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण र दुवै स्थानमा ग्रिनफिल्ड टर्मिनल बनाउने कार्यको प्रारम्भिक सम्झौता भएको मन्त्रीले उपलब्धिको सूचीमा राखेका छन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा मंसिर मसान्तसम्म कुल १९.७१ प्रतिशत (१ अर्ब ६० करोड ४२ लाख रुपैयाँ) खर्च भएको मन्त्रालयले जनाएको छ । उद्योग विभागले भने विनियोजित बजेटको ७३.७३ प्रतिशत खर्च गरिसकेको छ । त्यसपछि कण्ठरोग नियन्त्रण कार्यक्रम (साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड) को ५०.९७ प्रतिशत, नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमको ५०.९६ प्रतिशत खर्च भएको छ ।

मंसिर मसान्तसम्म १७ वटा नीति तथा कानून तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्री रिजालले बताए । उनका अनुसार अर्थमा रायका लागि पठाइएको १२ वटा विषयमध्ये ३ वटामा मात्र राय प्राप्त भएको छ ।

निर्यातमा नगद अनुदान कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएको छ । मन्त्रीका अनुसार औद्योगिक ग्रामहरूको विकास लागि ६ वटा घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको छ ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म २२ वटा ठुला उद्योग, १५ वटा मझौला, १ हजार ४२ घरेलु तथा साना उद्योग र १० हजार कम्पनी दर्ता भएका छन् ।

यस आर्थिक वर्ष ३८ अर्ब बराबर उद्योगमा वैदेशिक लगानी स्वीकृत गर्ने लक्ष्य लिइएकोमा मंसिर मसान्तसम्म २० अर्ब ६० करोड बराबरको स्वीकृति दिइएको छ । एक सय २० स्थानमा औद्योगिक ग्राम स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस