९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश स्तरीय भलिबल माघमा

अ+ अ-

टक्सार (भोजपुर) । जिल्ला स्तरीय प्रतियोगिताहरू समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिए। प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने  छन् । 

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताए । 

आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरूले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताए । 

भलिबलका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरूमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उनको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रूपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,’ अध्यक्ष शेर्पाले भने । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताए। खेल बिना मानिस अधुरो हुन्छ भने खेलले स्वास्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस