७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखले गरे विपिन जोशीको रिहाइका लागि इजराइलका राजदूतसँग अपिल

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन्।

नेपालका लागि इजराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन्।

सभामुख घिमिरेले प्रतिनिधि सभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए । हमासले युद्धमा सामेल नभएका इसराइली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ।

गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुसल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताए। उनले जोशी व्यक्तिगत रूपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए।

राजदूत गोल्डवेरगरले जोशीको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि सङ्कल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखेका थिए। भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रवर्द्धन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस