६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान उत्सवमा प्रधानमन्त्री नजाने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उत्सवको उद्घाटनमा उपस्थित नहुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री धरान उत्सवको उद्घाटनमा उपस्थित भए मात्र उनको तस्बिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए ।

धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथिबिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी हर्कले गरेका छन् ।

धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए । प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको उनले बताउँदै आएका छन् ।

तस्बिर राख्न गएका दलका भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङले प्रधानमन्त्रीलाई बोलाए मात्र तस्बिर राख्ने बताएका थिए ।

सम्बन्धित समाचार : कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने हर्क साम्पाङको अडान

सम्बन्धित समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलका कार्यकर्ता हर्क साङपाङको कार्यकक्षमा

सम्बन्धित समाचार : हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

सम्बन्धित समाचार : ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ

धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने छ । सो अवसरमा र्‍याली आयोजना गरिने तथा २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको छ।

पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस