काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसीरहेको हो । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारको विषयमा छलफल हुने प्रचार विभाग प्रमुखले जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ पदमा हुने चुनावका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुनेछ