८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनमा ११५ वटा जातजातिले अल्पसङ्ख्यक तर्फबाट उम्मेदवारी दिन पाउने

अ+ अ-

काठमाडौँ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा अल्पसङ्ख्यक समूहतर्फ ११५ जातजातिले निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिन पाउने भएका छन् ।

गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन, ऐन, २०७४ को दफा दुईको खण्ड ख बमोजिम राष्ट्रिय जनगणना, २०७८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका दलित बाहेकका ११५ जातजातिको सूची मात्रै राजपत्रमा प्रकाशित गरेको हो ।

पुष पाँच गते मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कम जनसङ्ख्या रहेका दलितबाहेक अल्पसङ्ख्यक जातजातिलाई अल्पसङ्ख्यक रूपमा तोक्ने निर्णय गरेको थियो ।

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट रिक्त हुन लागेका छन् ।

निर्वाचन आयोगका अनुसार अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसबाट गण्डकी प्रदेशबाट निर्वाचित प्रकाश पन्थ, नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशबाट निर्वाचित महेशकुमार महरा र नेकपा (एमाले)बाट बागमती प्रदेशबाट निर्वाचित रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो ।

नेपालको संविधानको धारा ३०६ को ‘क’ले ‘अल्पसङ्ख्यक’ भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका जातीय, भाषिक र धार्मिक समूहलाई जनाउँछ । उक्त शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाइराख्ने आकाङ्क्षा रहेका, विभेद र उत्पीडन भोगेका समूह समेतलाई जनाउने गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को ‘ख’ मा ‘अल्पसङ्ख्यक’ समुदाय भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा एकको खण्ड ‘क’ को अधीनमा रहेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह हुनुपर्ने उल्लेख छ ।

२०७४ माघ आठ गते गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार ९८ वटा अल्पसङ्ख्यक समुदाय रहेका थिए । जम्मा १४२ जातजातिमध्ये दलित बाहेक ११५ जातजाति अल्पसङ्ख्यक जातजातिमा पर्दछन् भने बाँकी १६ वटा जातजाति मात्रै अल्पसङ्ख्यक भन्दा अन्य जातजातिमा पर्दछन् ।

शून्य दशमलव पाँच प्रतिशत भन्दा बढी जनसङ्ख्या हुने जातजातिमा क्षेत्री, ब्राह्मण (पहाड) मगर, थारु, तामाङ, विश्वकर्मा, मुसलमान, नेवा (नेवार), यादव, राई, परियार, गुरुङ, ठकुरी, मिजार, तेली, याक्थुङ (लिम्बु), चमार (हरिजन, राम) कोइरी (कुसवाहा), कुर्मी, मुसहर, धानुक, दुसाध (पासवान, पासी), ब्राह्मण (तराई), मल्लाह, सन्यासी (दसनामी) र केवट रहेका छन्

सुचि :

प्रतिक्रिया दिनुहोस