८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘योग र ध्यानको अभ्यासबाट सुशासनको अभियान सार्थक’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्त्वपूर्ण सहयोग मिल्ने बताएका छन् । 

गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहोर्‍याउन र विश्वभर मानवताको प्रवर्द्धन गर्न योग ध्यानको महत्त्वपूर्ण भूमिका रहेको बताए ।  

‘योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान पनि हो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्छ, यसबाट व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुन्छ ।’ उनले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने दृष्टान्त दिए । 

उपप्रधानमन्त्री श्रेष्ठले योग तथा ध्यानको प्रयोगले प्रशासन र सुरक्षा निकायका कर्मचारीलाई असल मनसायका साथ कार्यसम्पादन गर्न प्रेरित गर्ने तथा राज्यले सुम्पेका जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे। उनले योग, ध्यान तथा सकारात्मक ऊर्जाको विकासलाई सरकारले थालनी गरेको सुशासनको अभियानसँग जोडेर अघि बढाइएको बताए । 

यसखालका कार्यक्रमबाट गृह प्रशासनका कर्मचारी र सुरक्षार्थीको दायित्व तथा जिम्मेवारी झन् प्रभावकारी बन्ने उनको विश्वास छ । ‘सरकारले सञ्चालन गरेको सुशासनको अभियानलाई सफल बनाउन योग ध्यान कार्यक्रमबाट सहयोग पुग्नेछ’, उनले भने, ‘अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीलाई न्यूनीकरण गर्न पनि ध्यान विज्ञानले सहयोग गर्नेछ ।’

गृह मन्त्रालयले औपचारिक निर्णय गरेर नै प्रत्येक कार्यालयमा कामका सुरुआतमा १५ मिनेट ध्यान गरेर सकारात्मक ऊर्जाका साथ काम गर्ने वातावरण बनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले नेपाल प्रहरीको आधारभूत तथा सेवाकालीन तालिममा योग तथा ध्यानसम्बन्धी प्रशिक्षण दिइँदै आइएको बताए । उनले प्रहरी तालिमसँगै योग तथा ध्यानलाई पनि जोडेर लगिने उल्लेख गरे । 

जीवन विज्ञानका प्रशिक्षकद्वारा सञ्चालित उक्त ध्यान विज्ञान कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, गृह मन्त्रालयका कर्मचारी र प्रशिक्षार्थी गरी दुई सय बढीको सहभागिता छ । कार्यक्रममा योगाभ्यास, प्राणायम, ऊर्जा ध्यानको प्रयोग गराइनेछ ।

प्रतिक्रिया दिनुहोस