७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका माओवादी सांसदको माग-संसदीय दलको नेता र मन्त्री फेरौँ

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरू संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् ।

माओवादीबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् ।

बालुवाटार भेटमा सहभागी प्रदेश सभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताए । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौँ’, रावलले भने, ‘हाम्रो एजेण्डालाई उहाँहरूले सकरात्मक रूपमा लिनुभएको छ ।’ बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेका सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न सभामुख भीमबहादुर भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल, प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी विक बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा प्रदेश संसदीय दलका नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशबहादुर धामी, सामाजिक विकास मन्त्री झपटबहादुर साउद र प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर थिएनन् ।

सुदूरपश्चिम प्रदेश सरकार विस्तारका क्रममा संसदीय दलका नेता खगराज भट्ट, प्रदेश सभा सदस्य अक्कलबहादुर रावल र ओमबिक्रम भाट मन्त्री बन्ने चर्चा थियो तर उनीहरुलाई सरकारमा नपठाएपछि माओवादी केन्द्र सुदूरपश्चिममा असन्तुष्टि बढेको थियो । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रसँग ११ जना सांसद छन् । उनीहरु मध्ये ७ जनाले प्रधानमन्त्रीलाई भेटेर नेता र मन्त्री फेर्नुपर्ने माग अघि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस