८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्त्वपूर्ण हुने बताएका छन् । नेपाली काँग्रेस ललितपुर क्षेत्र नं ३ को प्रदेश (ख) क्षेत्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’ विषयक प्रशिक्षण कार्यक्रममा नेता सिंहले  सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन ।’ 

संविधान सभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको बताए । “तीनवटै तहका सरकारलाई बलियो बनाउनुपर्नेमा उनीहरु संसद् भङ्ग गर्नतिर लागे”, नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन पार्टी क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भने । 

बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिँदै टोल समितिसम्म कार्यकर्तालाई सक्रिय रहन अनुरोध गरे । उनले कार्यकर्तालाई देशको संविधान र पार्टीको विधान अध्ययन गर्न सुझाव दिए ।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने बताउँदै सङ्गठन बिना पार्टी सुदृढीकरणको परिकल्पना गर्न नसकिने बताए । 

प्रतिक्रिया दिनुहोस